ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरङ्ग सेवा थप्न माग


एबीसी न्यूज
चैत्र २४, २०७९ शुक्रबार   १ : ३३   बजे

काठमाडौं, २४ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ ।

मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

सरकारी अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा आर्थिक अवस्था कमजोर भएका तथा जेष्ठ नागरिकलाई मानिसक रोगको उपचार गर्न समस्या भएकाले निजी अस्पताल, पुन:स्थापना केन्द्र र मानवसेवा आश्रममा जानुपर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह आदि संस्थाले यसअघिदेखि नै प्रतिष्ठानमा मानसिक स्वास्थ्य सेवा थप्न माग गर्दै आएका छन् । ज्ञापनपत्रमा यथाशक्य चाँडो अस्पतालमा अन्तरङ्ग सेवा सुरु गर्न माग गरिएको छ ।

प्रतिष्ठानका निर्देशक डा खत्रीले छुट्टै भौतिक संरचना बनाएर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

जनस्वास्थ्य ऐन, २०७५ मा प्रत्येक व्यक्तिलाई मानसिक रोगसम्बन्धी सेवाको पहुँच हुनुपर्ने उल्लेख छ । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदनअनुसार गण्डकी प्रदेशका १० दशमलव सात प्रतिशत व्यक्तिमा मानसिक समस्या भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group