ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित


एबीसी न्यूज

काठमाडौं, २४ चैत । दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङआदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन् ।

“जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी वैद्यले भन्नुभयो, “जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाले अपेक्षाकृत तयारी कम गरेको पाइएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ ।”

उहाँले जिल्लामा कुनै पनि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालासँग समन्वय गरी पूर्वतयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताउनुभयो । “हाल पालिकामा काम कसरी भइरहेको छ भनेर जानकारी लिइरहेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ”, उहाँले भन्नुभयो, “अपेक्षाअनुसार उपलब्धि नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ ।”

जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गरे पनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यको भनाइ छ ।

“पालिकास्तरमा सरोकारवालासँग समन्वय गरेर विपद पूर्वतयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपद् पूर्वतयारी फितलो भएको पाइएको छ”, उहाँले भन्नुभयो ।

दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिनुभयो । विपद्का कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ । विपद्मा परेर थुप्रै परिवार विस्थापित भएका छन् ।

उहाँका अनुसार गत वैशाखदेखि चैत २३ सम्म आगलागीका ५८ वटा घटना भएका छन् । वैशाखमा १९ वटा, जेठमा तीन, साउनमा तीन, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र चैतमा तीनवटा आगलागीमा सयौँ परिवार विस्थापित भएका छन् । आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।

भारी वर्षाका कारण असारमा चार, साउनमा तीन, भदौमा ३८, असोजमा तीन सय ८६, कात्तिकमा पाँचवटा घटना भएका छन् । बाढीपहिराका तीन सय सातवटा घटना भएका छन् । जिल्लामा हालसम्म चट्याङका छवटा घटना भएका छन् ।

जिल्लामा सर्पदंशका तीनवटा घटना तथा भूकम्पका दुईवटा घटना भएका छन् । करेन्ट लागेका छवटा घटना भएका छन् भने पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका विपद्जन्य घटनाका कारण करिब १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गर्मी मौसम सुरु भएको हुँदा आगलागीका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्वतयारीस्वरुप पालिकास्तरमा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रोतका फोकल पर्सनबीचको बैठकले पालिकाका सबै वडा क्षेत्रमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले पालिकामा रहेका दमकल साथै अग्नि नियन्त्रणका सामग्री तयारी अवस्थामा राख्ने र उद्धारमा प्रयोग हुने सामग्रीको अभिलेख अद्यावधिक गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पठाउने निर्णय गरेको छ । गर्मी मौसम सुरु भएसँगै केही दिनयता जिल्लामा आगलागीका जोखिम बढेको छ ।

जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिकस्थलमा आगलागीका घटना भइरहेका छन् । वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय, सामुदायिक वन समूहलगायतको सक्रियता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com