काठमाडौँ । काठमाडौं–दुबई–काठमाडौं उडानमा भएको ढिलाइ लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।
मन्त्री किरातीका अनुसार, अधिकारीलाई मन्त्रालयबाट आइतबार स्पष्टीकरण पत्र पठाइएको छ । मन्त्रीस्तरीय निर्णयबाट निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कोपाइलट अभावले शनिबार राति दुबई उडानमा ढिलाइ भएको घटना, मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) ११ महिनासम्म नवीकरण नगरिनुको कारण दिल्लीमा दुईवटा पन्चर भएको पाङ्ग्रा बेलैमा फेर्न नसकेर २६ घण्टासम्म जहाज ग्राउन्डेड भएको घटनालगायत व्यवस्थापकीय कमजोरीका विषयमा एक साताभित्र जवाफ बुझाउन भनिएको पर्यटन सचिव सुरेश अधिकारीले बताए ।







प्रतिक्रिया दिनुहोस्