ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५७ मिनेटको हिरासतपछि फ्लोरिडा उडे ट्रम्प, अर्को सुनुवाइ डिसेम्बरमा


एबीसी न्यूज
चैत्र २२, २०७९ बुधबार  ११ : ४८ बजे

काठमाडौं, २२ चैत्र । वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन्।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। बिहीबारको एक ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग चलाउने निर्णयअनुसार मंगलबार दिउँसो २स्२७ मा अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो।

सुनुवाइको क्रममा अदालत पुगेर ट्रम्पले आत्मसमर्पण गरेका थिए। दिउँसो १स्३० बजे प्रहरीसामु आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५७ मिनेट नियन्त्रणमा राखेको थियो। यद्यपि, उनलाई हतकडी भने लगाइएको थिएन।

ट्रम्पलाई अदालतमा उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो। त्यसपछि उनले अपराध अस्वीकार गर्दै प्रतिवादी अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरेका थिए।

३४ विषयमा उनीविरुद्ध मुद्दा चलाइएको छ।५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा पनि गरिएको छ। रिहापछि प्रतिक्रिया दिँदै उनले आरोप अस्वीकार गरे।

त्यसपछि उनी गृहराज्य फ्लोरिडा उडेका छन्।अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ।

अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलेको यो पहिलो हो। आरोप पुष्टि भएमा ट्रम्पलाई ४ वर्षको सजाय हुनसक्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com