ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै भावका दुई चलचित्र


एबीसी / संवाददाता

काठमाडौँ, २२ चैत । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान गरिएको दुवै चलचित्र जारी प्रथासँग सम्बन्धित छ । इन्टरनेटमा उपलब्ध दुवै चलचित्रको ट्रेलरले उस्तै कथा भनेको छ । किनकि दुवै चलचित्रमा पुरानो श्रीमान्‌लाई दिइने क्षतिपूर्तिको विषयलाई देखाइएको छ ।

कवि÷कथाकार उपेन्द्र सुब्बा ‘जारी’ मार्फत् निर्देशक बन्दै छन् । ‘कब्बडी’ का शृङ्खलामार्फत् लेखनमा सक्रिय सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि तयार गरेका हुन् । लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको ‘जारी’ को सुरूवात उपन्यासबाट भएको थियो । “म चलचित्र लेखन सक्छु तर नाटक सक्दिन । किनकि मभित्र त्यो धैर्य नै छैन”, निर्देशक सुब्बाले भने । उनले लेखिएको उपन्यासलाई साथीहरूसँगको सल्लाह पश्चात चलचित्रको पटकथामा रूपान्तरण गरेका हुन् ।

“हाम्रो प्रचलन नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ भनेर विषयवस्तु छनोट गरेको हुँ । महिलाहरू आँटिला र सहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मान बिना बस्दैनन्”, निर्देशक सुब्बाले भने । उनले महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने/आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहेको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नरहेको बताए ।

यो कथा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । निर्देशक सुब्बाले चलचित्रको योजना नै युप्पारुङमार्फत सिर्जित भएको बताए । “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्त्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो”, निर्देशक सुब्बाले भने ।

वैशाख १ मै प्रदर्शन हुने घोषणा गरिएको चलचित्र ‘बुलाकी’ को कथा पनि यस्तै छ । सार्वजनिक गरिएको प्रचारप्रसार सामग्रीमा श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । यसको कथा निर्देशक राजबहादुर सानेले लेखेका हुन् । म्युजिक भिडियो निर्देशन गरिरहेका लक्ष्मण सुनारको यो पहिलो निर्देशकीय चलचित्र हो । “एक दशक अगाडिसम्म पनि कर्णालीमा जारीको चलन थियो । यसलाई मैले कर्णालीमा देखेर नै हुर्किएको हुँ । त्यसैलाई पर्दामा देखाउनुपर्छ भनेर बनाएको हुँ”, निर्देशक सुनारले भने, “ट्रेलर हेर्दा उस्तै लाग्न सक्छ । हामीले पश्चिमको कथा भनेका छौँ र उहाँहरूले पूर्वको कथा भन्नुभएको छ । यो साझा विषयवस्तु भएकाले उठान एकै पटक भएको हुनसक्छ । तर हाम्रो चलचित्र मिल्दैन । सायद यो कथा भन्नुपर्छ भन्ने लागेको हुनसक्छ ।” उनले कर्णालीको महिलाले अहिले पनि स्वतन्त्ररूपमा आफ्ना कुरा भन्न नसकेको देखेका छन् ।

निर्देशक सुनारले बुलाकीलाई कर्णालीको महिलाको आवाजका रूपमा बुझ्न आग्रह गरे । “कर्णालीमा महिलाहरू अझै आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । प्रमुख पात्रले कर्णालीका महिलाको प्रतिनिधित्व गर्छ । मनोवैज्ञानिक ढङ्गले गर्ने विद्रोहलाई चलचित्रमा देखाएका छौँ”, निर्देशक सुनारले भने । उनले आगामी चलचित्रहरूमा समेत कर्णालीकै कथालाई आवाज दिन चाहेको योजना सुनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com