ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दिनकी सुत्केरीले दिइन् एसइई


एबीसी / संवाददाता

मुगु, १७ चैत । हिमाली जिल्ला मुगुमा एक सामुदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसइई परीक्षा दिएकी छन् ।  उनले शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।

त्यसरी परीक्षा दिनेमा छायाँनाथ रारा नगरपालिका–१३ मा रहेको प्रकाश मावि लुममा अध्ययनरत छात्रा देवमाया बोहोरा  छन् । ५ दिने सुत्केरी महिलाले एसइई परीक्षा दिइरहेकी हुन् । बोहोराले छोरालाई जन्म दिएकी छन् ।

उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेकी छन् ।

उनले सुत्केरी भएदेखि आफूले राम्ररी आरामसमेत गर्न नपाएको बताएकी छन् । एसइई नजिक आएको र गर्भवती भएकाले परीक्षाको तयारी पनि राम्रो नरहेको उनले दुखेसो पोखिन् ।

उनले परीक्षामा लामो समय बिताउँदा पाँच दिनको दुधे बालक भोकाउने भए पनि जोखिम मोलेरै भविष्य निर्माणका लागि परीक्षा केन्द्र पुगेर परीक्षामा सहभागी भएको बताइन् ।

महाकाली माध्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले शिक्षा नियमावलीमा सुत्केरी महिलालाई एसइई परीक्षामा समय थप्नुपर्ने कुनै व्यवस्था नभए पनि व्यवहारिकता हेरेर १५ मिनेट थप गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com