ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट


एबीसी न्यूज
चैत्र १७, २०७९ शुक्रबार  ३ : ३३ बजे

काठमाडौं,१७ चैत । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ ।

कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली ९आसिएएस०को शुभारम्भ गर्नुभयो ।

अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ ।

“आजदेखि झापाबाट यो सेवा सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “अब क्रमश: प्रदेशभरि अनलाइन प्रणाली सञ्चालन हुनेछ ।”

अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउनेलगायतका उद्योग तथा वाणिज्यसम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । राजस्व बुझाउन कार्यालयमै जानुपर्ने छ । राजस्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उहाँको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो–छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो, कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक रामकृष्ण श्रेष्ठलगायतले सरकारी सेवालाई चुस्त–दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com