ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाम साहित्य महोत्सव हुने


एबीसी न्यूज

काठमाडौं, १७ चैत । इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।

कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो । जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उहाँले जानकारी दिनुभयो । साहित्य रुची भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ । उहाँका अनुसार महोत्सवमा सात्यिकार, कुलपति भुपाल राई, यस क्षेत्रका सांसद तथा रङ्गकर्मीको उपस्थिति रहने छ ।

साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ । रू १८ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ ।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ ।

‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश रु’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com