ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने


एबीसी न्यूज

काठमाडौं, १७ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्न सक्नेछन्। पोर्न स्टार मामिलामा ट्रम्पविरुद्ध मुद्दा चल्न सक्नेछ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी सम्बन्धमा चल्नेछ।

यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नुपर्नेछ भन्नेबारेमा हाल जानकारी दिइएको छैन। तर ७६ वर्षीय ट्रम्पले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरिरहेका छन्। ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ।

ट्रम्प फ्लोरिडामा बस्छन् र उनी पहिलो सुनुवाइका लागि अदालतमा उपस्थित हुनसक्ने विश्वास गरिएको छ। ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्नेछन्।

अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ।

घटना के हो ? 

२०१८ जनवरीमा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशन गर्‍यो। जसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिनाअघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो।

जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरबारे सार्वजनिक नगर्ने सर्तमा दिइएको थियो।

कानुनी रूपमा यो भुक्तानी अवैध थिएन। तर ट्रम्पले कोहेनलाई भुक्तानी गर्दा यसलाई कानुनी शुल्कका रूपमा रेकर्ड गरे। न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ।

न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ। सरकारी वकिलले पनि यस मामिलामा ट्रम्पविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोग सक्छन्। किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि आफ्नो र डेनियलबीचको सम्बन्ध मतदाताहरूले थाहा नपाउन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com