ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी / संवाददाता

काठमाडौँ, १७ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताएका छन् ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको १४औँ साधारणसभाको उदघाटन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा संकटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागको बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, पूँजीगत खर्च गर्न क्षमता वृद्धि गर्ने र उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्दै उनले भने, “मुलुकमा राजनीतिक परिवर्तन भइसकेको विद्यमान अवस्थामा सामाजिक तथा आर्थिक क्षेत्रको रूपान्तरण गरी आमजनताको जीवनस्तर सुधारका लागि आवश्यक नीतिगत व्यवस्थासहित नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार सदैव तयार छ ।”

मन्त्रिमण्डल विस्तार भई सरकारले पूर्णता पाएसँगै अर्थतन्त्र सुधारका पक्षमा गम्भीर र प्रभावकारी कदम चाल्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने गरी रोजगार र निर्यातमुखी नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा तोयनारायण ज्ञवालीले बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको विद्यमान समयमा अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्नेगरी बुँदागत रूपमा सुझाव उपलब्ध गराउन उद्योगी–व्यावसायीसँग अनुरोध गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बिग्रँदो अवस्थामा रहेका चर्चा गर्दै उद्योगमैत्री नीति तथा कार्यक्रमसहित बैंकको ब्याजदर घटाउन सरकारको ध्यानाकर्षण गरे ।

आयोजक संस्थाका अध्यक्ष नरेशलाल श्रेष्ठले सन् २००६ मा स्थापना भएको नेपाल फेल्ट उत्पादक तथा निर्यात संघ आबद्ध व्यवसायीले गत वर्ष रु छ अर्बको सामान निकासी गरेको जानकारी दिए । सो अवसरमा मुलुकका एक सय ५० भन्दा बढी ऊनीजन्य उद्योगमा करिब २५ हजारले रोजगारी पाएको र न्युजिल्याण्डबाट ऊनी ल्याई विभिन्न सामान बनाउँदा लागत बढेको उल्लेख गर्दै सम्बद्ध व्यावसायिक संघसंस्थाका प्रतिनिधिले हिमाली देश नेपालमा भेँडाच्याङ्ग्रा पालनमा जोड दिई स्वदेशमा ऊनी उत्पादन गर्ने वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गरे ।

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता विभिन्न व्यावसायिक उद्योग तथा संघ–संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

पृथ्वी राजमार्गमा कालोपत्र सुरु

प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com