ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम


abc

काठमाडौं, १६ चैत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ ।

पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।

झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ । मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् ।

“गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत रहेको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो”, पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो, “पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक हाम्रो प्रयासले मात्र सम्भव भएन ।”

पुल संरक्षण समितिका अध्यक्ष शर्माले पुुल मर्मतका लागि कुश्मा नगरपालिकामा धेरैपटक हारगुहार गरेको भए पनि सुनुवाई नभएको बताउनुभयो । “नगरभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो, “जिल्ला विकास समिति हुँदा एकपटक बजेट ल्याएर पुलको सामान्य मर्मत गरेका थियौँ तर स्थानीय सरकार बनेपछि कुनै ध्यान नै दिएको छैन ।”

पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुङ्गे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ । एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ ।

यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलको पनि मर्मतसम्भार हुन नसकेको स्थानीयले बताएका छन् । पुलका लठ्ठा, डेक, नट, बल्टुलगायत समयसमयमा प्राविधिक जाँच गर्नुपर्ने भए पनि तीनै तहका सरकारको ध्यान नपुगेको पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले बताउनुभयो । उहाँले हरेक वर्ष पुलको प्राविधिक चेकजाँच हुनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोसमेत बताउनुभयो । पैदलयात्रा गर्ने पुलमा मोटरसाइकलसमेत सवार गराउँदा पुलको आयु कम हुँदै गएको उहाँको भनाइ रहेको छ ।

यता कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाममा रहेका सबै पुलको प्राविधिक चेकजाँच गरी आवश्यक मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताउनुभएको छ । नगरपालिकाका प्राविधिकलाई पुलको मर्मतका लागि आवश्यक कार्ययोजना निर्माण गर्न भनिएको उहाँको भनाइ रहेको छ । नगरको बजेटले सम्भव भएमा नगरकै र असम्भव भएमा प्रदेश र सङ्घमा माग गरिने बताउनुभयो ।
सदरमुकाम कुश्मालाई ज्ञादीसँग जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुल, फलेवाससँग जोड्ने बडागाउँ–मुडिकुवा झोलुङ्गे पुल, बागलुङसँग जोड्ने बडागाउँ–कैया झोलुङ्गे पुल र खरेहा–अधिकारीफाँट गरी चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयवासीलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com