ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसद् भवन पू्रा गर्न समय माग


एबीसी न्यूज

काठमाडौं, १६ चैत । रासस सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो ।
उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताउनुभयो । “निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन् । जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन”, उहाँले भन्नुभयो ।

उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिनुभयो । छ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उहाँको भनाइ थियो । कूल रु पाँच अर्ब ६७ करोड २६ लाख ९भ्याटसहित०को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो । चौबिस हजार तीन सय ८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो ।
संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडाँँैको परम्परागत वास्तुकला झल्कने खालको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् ।

हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक रु साढे १४ करोड भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गर्नुभएको थियो ।

नयाँ सङ्घीय भवनमा पुस्तकालय

सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार उत्तर पश्चिम भागमा रहेको पुस्तकालय भवनको उत्तरतर्फ क्याटिन, दक्षिणतर्फ तल्लो सदन, पश्चिम र पूर्वी भागमा खुल्लाक्षेत्र राखिएको छ । आयोजनास्थलको कूल क्षेत्रफल ८८ हजार दुई सय ७१ दशमलव चार वर्गमिटरमध्ये पुस्तकालय भवनले सात सय १३ दशमलव ९६ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भवन अवलोकन गरेपछि निर्माणाधीन पुस्तकालयको भित्री संरचना साँघुरो भएकाले परिमार्जन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनअनुरुप मन्त्रालयले भवनको भित्री संरचनामा परिमार्जन गर्ने प्रयास गरिरहेको सहसचिव पदमकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयसापेक्ष अनुसार नै पुस्ताकालय निर्माण भइरहेको छ । समितिले दिएको निर्देशनपश्चात् भवनको भित्री संरचनामा मिल्नेसम्म हेरफेर गरेका छाँै । निर्माण सम्पन्न हुँदासम्म पुस्तकालय योग्य नै हुन्छ ।” समितिका सदस्य तुलसाकुमारी दाहालले पुस्ताकालयको भित्री संरचना परिमार्जन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तकालयको भित्री संरचना साँघुरो र अँध्यारो रहेकाले परिमार्जन गर्न आवश्यक छ । मन्त्रालयले केही भित्री संरचना परिमार्जन गराएको छ । निर्माण सम्पन्न हुदाँसम्म पुस्ताकालय समयसापेक्ष हुनुपर्छ ।”
भूकम्परहित निर्माणाधीन पुस्तकालयको पहिलो तलामा पत्रपत्रिका अध्ययन कक्ष, दोस्रोमा अभिलेखालय तथा सङ्ग्रहालय र तेस्रोमा महत्वपूर्ण कागतजात राख्ने मन्त्रालयको योजना रहेको सदस्य दाहालले जानकारी दिनुभयो । सिहंदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ ।

निर्माण भइरहेको भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिको कार्यकक्ष रहेको छ । त्यस्तै भवनसँगै पुस्तकालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, चमेना गृह, सञ्चार कक्ष, सवारीसाधन पार्किङ र सुरक्षाकर्मी लागि भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com