ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती तथा बकैया नदी नियन्त्रण आयोजनाका प्रमुख पटेल कमाउ धन्दामा


एबीसी न्यूज
चैत्र १५, २०७९ बुधबार   ११ : ४५   बजे

रौतहट, १५ चैत, बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको कार्यालय परवानीपुर बाराको आयोजना प्रमुख कमाउ धन्दामा लागेको पाइएको छ । आयोजना प्रमुख मनोज पटेलले नदी नियन्त्रणका लागि आएका आयोजनाहरु कमिशन लिएर विभिन्न उपभोक्ता समितिलाई दिने गरेका छन । त्यति मात्र नभएर आयोजना प्रमुख पटेल, इन्जिनियर तेज नारायण यादव तथा सब इन्जिनियर गौरी शंकर कर्णको मिलेमत्तोमा विभिन्न स्थानमा सम्पन्न भएको तटबन्धलाई मर्मतको नाममा नयाँ उपभोक्ता समिती गठन गरी पुनः सोही स्थानमा काम गराउने गरेका छन ।

रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्वर ४ अन्र्तगत पर्ने जंगलसहिया बौद्धी टोलमा लाल बकैया खोलाले गरेको कटान नियत्रन्त्रण गर्न गत वर्ष मात्र निर्माण सम्पन्न गरेको तटबन्धलाई भत्काएर पुनः सोही स्थानमा तटबन्धको काम शुरु गर्नका लागि गुजरा नगरपालिकाका वडा नम्वर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाई कुमारलाई जिम्मा दिएको छ । स्थानिय ठेकेदार च्यांग्वा लामाले गत वर्ष नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न ठेक्का पाएका थिए । नदी नियन्त्रण आयोजनाको कार्यालय परवानीपुरबाट तटबन्द निर्माण गर्नका लागि कार्य आदेश पाएका उनले उपभोक्ता समिति गठन गरेर तटबन्धका काम गत वर्ष नै सम्पन्न गरेका थिए । नदी नियन्त्रण आयोजनाको कार्यालयका प्रमुख पटेल, इन्जिनियर यादव र सब इन्जिनियर कर्णले कमिशनका लागि गत वर्ष मात्रै सम्पन्न भएको तटबन्धलाई भत्काउन लगाएर पुनः निमार्णका लागि वडा अध्यक्ष चौलागाईलाई जिम्मा दिएको स्थानियले बताएका छन ।

पूर्ण रुपमा राम्रो अवस्थामा रहेको तटबन्धलाई भत्काएर त्यहाँ भएको जाली र ढुंगाको प्रयोग गरी पुनः सोही स्थानमा अर्को तटबन्धको निर्माण कार्य शुरु गर्नु भनेको नदी नियन्त्रण गर्नु भन्दा पनि पैसा कमाउने दाउ मात्र रहेको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामाले बताएकी छन । नदीले कटान गरेको स्थानहरुमा नदी नियन्त्रण सम्बन्धी कार्यक्रम तथा निर्माण कार्य अगाडी बढाउनुको सटटा हुँदा छँदाको संरचना बिगार्ने काम गलत भएको बताएकी छन ।

स्थानिय बासिन्दाका अनुसार गुजरा, कटहरिया, फतुवा बिजयपुर नगरपालिकाका विभिन्न वडाहरुका साथै जिल्लाका विभिन्न स्थानमा बागमती, लाल बकैया नदी नियन्त्रण सम्बन्धी गर्नु पर्ने कामहरु थुप्रै भएता पनि आयोजना प्रमुख र इन्जिनियरहरु आर्थिक प्रलोभनमा परेर बनेको संरचना भत्काउने र सोही स्थानमा पुनः काम गर्न आदेश दिने गरेको बताए। यस विषयमा आयोजना प्रमुख पटेल र सब इन्जिनियर कर्णसँग कुरा गर्दा आफनो बचाउ गर्दै कुनै उपभोक्तालाई नदिई थोढुंग निर्माण सेवाले मर्मतको काम गरिरहेको भन्दै पन्छिन खोजेका छन । उता गत वर्ष तटबन्धका काम सम्पन्न गरेका च्याग्वा लामाले कुनै निर्माण सेवाले नगरेर आफूले उपभोक्ता समिति मार्फत काम गरेको बताएका छन । तर अहिले मर्मतको नाममा बनेको तटबन्ध भत्काएर पुनः सोही स्थानमा नयाँ तटबन्ध बनाउदै गरेको सुन्दा आफू अचम्ममा परेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group