ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा भएपछि किसान उत्साहित


एबीसी न्यूज
चैत्र १३, २०७९ सोमबार  २ : १३ बजे

काठमाडौं, १३ चैत । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्राय: प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुग्नुभयो ।

कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उहाँलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आउनुभएको हो । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्ददिलो हुनुभएको छ । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् । विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो ।

मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहात मिलेको सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेका रणबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो,“मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित हुनुभएका मेरिङदेन गाउँपाकिाका–६का विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित हुनुभएको छ ।

लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका–६ विर्ख लिम्बूको भनाइ थियो । लामो समयसम्म वर्षा नहँुदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उहाँले बताउनुभयो । लामो समयसम्म हिमपात र वर्षा नहँुदा पशुचौपायको आहारामा समेत समस्या हँुदै आएको थियो । सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो ।

विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन । हिमपात र वर्षा नहँुदा चौँरी–याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँका ढावा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “हिमपात र वर्षा नहँुदा याकका लागि चरनसमेत अभव हुँदै गएको थियो । पानीका मूलसमेत सुक्ने हो की भन्ने चिन्ता लागेको थियो तर अगाडिको जस्तो हिउँ यसपाली परेन ।” वर्षा हुन थालेसँगै हरियो घाँसपात उम्रने भएकाले पशुपालक पनि उत्साहित भएका हुन् । पछिल्लो समय वर्षा हुन थालेसँगै धुलाम्मे बाटोमा यात्रा गर्ने यात्रुहरुलाई सास्तीखेप्नु नपरेको गाडी चालक ज्ञानेन्द्र केदेमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com