ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक


एबीसी न्यूज

काठमाडौं, १२ चैत । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसँैका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् ।

मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ ।

नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामग्रीका कक्ष तथा स्थानीय उत्पादनका कक्षमा व्यापारसमेत सुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

चैते दसैँका अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समिति तथा चैते दसैँ मेला मूल आयोजक समितिले जनाएको छ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष चैत १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला यही चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“नवरात्रदेखि पूर्णिमासम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखि नै धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ”, खड्काले भन्नुभयो, “परम्परागत चैते दसैँको सबै तयारी पूरा भइसकेको छ, अहिले रमाइलो मेला सुरु भइसकेको छ, चैते दसैँको मेलाको उद्घाटन चैत १३ गते हुनेछ ।”

अहिले कालिका मन्दिरको पार्किङस्थलमा सवारीसाधन नअटाएका कारण बाङ्गेचौर खेल मैदानमा पठाइएको ट्राफिक कार्यालयका निमित्त प्रमुख प्यामनारायण पौडेलले जानकारी दिनुभयो । ‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैते दसैँ मेलाको सबै तयारी पूरा भइसकेको खड्काले बताउनुभयो । कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवद्र्धनमा चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरले ठूलो टेवा पुर्‍याउँदै आएको स्थानीय दुर्गाबहादुर आचार्यको भनाइ छ ।

चैते दसैँका अवसरमा रु एक करोड लागतमा मन्दिरको जीर्णोद्वार गरी कलात्मक बनाइएको छ । मन्दिरसँगै विभिन्न काष्ठकला प्रयोग गरी हवन कुण्ड, शिवालय र गणेश मन्दिरसमेत निर्माण गरिएपछि कालिका मन्दिर थप आकर्षक बनेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

रु तीन लाख नगद पुरस्कारसहितको कालिका खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख ५० हजार पुरस्कारसहितको राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता, छोलो प्रतियोगिता र रथ यात्रालगायतका कार्यक्रम आयोजना गरिएको कालिका कपका मूल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा विभिन्न ठाउँमा व्यापारिक मेला आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको बुढापाका बताउँछन् । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घनाजङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com