काठमाडौं । बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ ।
सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको गृह मन्त्रालय स्रोतले बताएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवरसँगै एआइजीहरु टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजीपीका लागि प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्