ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पवित्र रमजान सुरु


एबीसी न्यूज

काठमाडौं, १० चैत । इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा व्रत सुरु भएको छ । हिजरी उर्दू संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज प्रार्थना गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज ९विशेष प्रार्थना गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् ।

हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ । यसअनुसार ‘सवान’ सकिएपछि बिहीबार साँझ चाँद चन्द्रमा देखिएको हुँदा रमजान महिना आज प्रारम्भ भएको महोत्तरीको भङ्गाहा–४ का बासिन्दा ८५ वर्षीय हाजी मक्का मदिना पुगेर विशेष धार्मिक अनुष्ठान पूरा गरेका इस्लाम धर्मावलम्बीलाई दिइने उपाधि बिहारी अन्सारी बताउनुहुन्छ ।

इस्लाम धर्मावलम्बीले गए राति मस्जिद ९धार्मिक प्रार्थनास्थल० मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान शरिफको ‘रोजा’ व्रत सुरु गरेका हुन् । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म ‘रोजा’ ९व्रत० गर्ने परम्परा छ ।

नेपाल भारतको हकमा ‘बुखारे शरिफ’ भारतको दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न धार्मिक निकाय० को निर्णयअनुसार पर्व निर्णय गरिँदै आएअनुरुप गएराति चन्द्रमा देखिएकाले आज ‘रोजा’ सुरु गरिएको नेपाली मुसलमानको भनाइ छ ।

नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । रमजान महिनामै पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा आएकाले यो महिनामा गरिने व्रत रोजा अत्यन्त पुण्यदायक हुने इस्लाम मान्यता छ ।

बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन इद–उल–फित्र पर्व मनाउने गरिन्छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com