ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक चिकित्सालय निर्माण सुरु


एबीसी न्यूज

काठमाडौं, १० चैत । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो ।

चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

एलोपेथिक उपचारभन्दा फरक तरिकाले औषधिको प्रयोगबिना नै विभिन्न रोगको प्राकृतिक पद्धतिद्वारा उपचार गरिने उहाँले जानकारी दिनुभयो । “औषधिविहीन विभिन्न पद्धतिको प्रयोग गरेर उपचार गर्नका लागि चिकित्सालय निर्माण थालिएको हो”, अध्यक्ष कृष्णले भन्नुभयो, “पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धति प्रभावकारी हुँदै जाँदा दीर्घकालीन रोगका बिरामी यस पद्धतिमार्फत उपचार गर्न आकर्षित भएका छन् ।”

फिजियोथेरापी, अङ्कुपञ्चर, अङ्कुप्रेसर, मसाज, पञ्चतत्व, योग, स्टिमबाथलगायतका पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालय काठमाडौँ तथा गल्याङ नगरपालिकाको रू दुई करोड १२ लाखको लागतमा चिकित्सालय निर्माण हुने भएको हो ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त चिकित्सालय पहिलो चरणमा एक तलाको हुनेछ । कुल १२ कोठा र दुईवटा ट्रस हुने अध्यक्ष कृष्णले बताउनुभयो । चिकित्सालय निर्माण भएसँगै उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी छन् ।

उक्त चिकित्सालय कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट हुने उपचार विशेषगरी दीर्घकालीन समस्या भएका बिरामीलाई बढी प्रभावकारी हुने गरेकाले आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com