ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक चिकित्सालय निर्माण सुरु


एबीसी न्यूज
चैत्र १०, २०७९ शुक्रबार   २ : ३९   बजे

काठमाडौं, १० चैत । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो ।

चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय निर्माण थालिएको कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक एवं कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

एलोपेथिक उपचारभन्दा फरक तरिकाले औषधिको प्रयोगबिना नै विभिन्न रोगको प्राकृतिक पद्धतिद्वारा उपचार गरिने उहाँले जानकारी दिनुभयो । “औषधिविहीन विभिन्न पद्धतिको प्रयोग गरेर उपचार गर्नका लागि चिकित्सालय निर्माण थालिएको हो”, अध्यक्ष कृष्णले भन्नुभयो, “पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धति प्रभावकारी हुँदै जाँदा दीर्घकालीन रोगका बिरामी यस पद्धतिमार्फत उपचार गर्न आकर्षित भएका छन् ।”

फिजियोथेरापी, अङ्कुपञ्चर, अङ्कुप्रेसर, मसाज, पञ्चतत्व, योग, स्टिमबाथलगायतका पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालय काठमाडौँ तथा गल्याङ नगरपालिकाको रू दुई करोड १२ लाखको लागतमा चिकित्सालय निर्माण हुने भएको हो ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त चिकित्सालय पहिलो चरणमा एक तलाको हुनेछ । कुल १२ कोठा र दुईवटा ट्रस हुने अध्यक्ष कृष्णले बताउनुभयो । चिकित्सालय निर्माण भएसँगै उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी छन् ।

उक्त चिकित्सालय कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट हुने उपचार विशेषगरी दीर्घकालीन समस्या भएका बिरामीलाई बढी प्रभावकारी हुने गरेकाले आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group