काठमाडौं । सरकारले आज नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने भएको छ । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले महानिरीक्षक नियुक्तिको निर्णय गर्न लागेको हो ।
शुक्रबार राति १२ बजेपछि आइजीपी धिरज प्रताप सिंहको अनिवार्य अवकास हुने भएकाले सरकारले नयाँ आइजीपीका लागि आजै निर्णय गर्न लागेको हो । आइजीपी सिंहको प्रहरी प्रधान कार्यालयमा बिदाइ कार्यक्रम राखिएको छ ।
नयाँ आइजीपीका लागि तीन दिनअघि एआइजीमा नियुक्त भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजीको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा भने कुँवर र राईबीचमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्