ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी


एबीसी / संवाददाता

काठमाडौँ, ३ चैत । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताएका छन् ।

फोकस नेपालको दसौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उनले समृद्ध राष्ट्र निर्माण गर्न शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताए । “आजको हाम्रो शिक्षा प्रणाली विद्यार्थीलाई स्वनिर्भर हुन होइन परनिर्भर हुने, रोजगारी खोज्ने गरी दीक्षित बनाइएको छ, विश्व बजारमा रोजगार खोज्ने शिक्षाले देशको आत्मनिर्भरता र विकास हुन सक्दैन”, उनले भने ।

पूर्वअध्यक्ष रेग्मीले सिर्जनशील र सीपमूलक जनशक्ति विना देशको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए । सरकार स्थिर नहुँदा शिक्षालगायत हरेक क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

मूल नीति र व्यवहार स्थिररूपमा लक्षित गन्तव्यतर्फ गतिमान भए मात्र शिक्षालगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित हुने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताए । “त्रिभुवन विश्वविद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ, विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागु गरे मात्र देशको शिक्षा क्षेत्रले फड्को मार्न सक्छ”, उनले भने ।

उनले देशमा १६ विश्वविद्यालय भएको बताउँदै खोलिएका विश्वविद्यालयलाई विशिष्टीकृत बनाएर अगाडि बढाए देशको शिक्षा क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कक्षा ११ र १२ पढाउने शिक्षकको अभाव देशमा भएको उहाँको भनाइ थियो । उहाँले शिक्षण सिकाइमा सुधार, शिक्षकको दरबन्दीलाई व्यवस्थित र भौतिक पूर्वाधारमा सुधार गर्नसके देशको शिक्षा क्षेत्र अगाडि बढ्ने बताउनुभयो । शिक्षक सेवा आयोगलाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक क्षेत्रमा क्रियाशील फोकस नेपालले ‘समृद्धिका लागि सामाजिक अभियान’ लाई अगाडि बढाएको बताउनुभयो । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीसहित सञ्चारकर्मी र सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको छ ।

सोही अवसरमा राससकर्मी रेग्मीसहित न्यूज एजेन्सी नेपालका समचारदाता विक्रम रत्न, महेन्द्र मोरङ क्याम्पसका सहप्राचार्य उद्धवप्रसाद पौडेल, शिक्षाविद् विजयराज पन्त, पुष्पराज बडाल, भुवनराज श्रेष्ठ, रामचन्द्र देवकोटा, इञ्जिनीयर विजेन्द्र गौतमलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com