ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका बलात्कार अभियुक्तलाई जन्मकैद


एबीसी / संवाददाता
चैत्र १, २०७९ बुधबार  ७ : १० बजे

सप्तरी, चैत । बालिका बलात्कार अभियुक्तलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

अभियुक्तले बालिकालाई विसं २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिनउ जुरी दिएका थिए । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएका थिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई विसं २०७८ फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा विसं २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित विसं २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यस्तै, सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई आज सात वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ । आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी पोखरेलले बताए ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औँ पटकको पेशीमा फैसला भएको हो । आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए । पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए ।

आरोपित ०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com