ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही


एबीसी / संवाददाता
फाल्गुन ३०, २०७९ मंगलबार  ९ : ५५ बजे

खोटाङ, ३० फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ ।

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ ।

विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्यांकी निर्माण र पानी वितरण लाइनको भइरहेको छ । निर्माणाधीन अवस्थामै ट्यांकी चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ ।

स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्यांकी भत्किन थालेको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताइन् । सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ ।

विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन् । ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताए । गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोजनाको काम गुणस्तरीय कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com