ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही


एबीसी / संवाददाता

खोटाङ, ३० फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ ।

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ ।

विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्यांकी निर्माण र पानी वितरण लाइनको भइरहेको छ । निर्माणाधीन अवस्थामै ट्यांकी चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ ।

स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्यांकी भत्किन थालेको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताइन् । सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ ।

विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन् । ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताए । गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोजनाको काम गुणस्तरीय कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com