ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग–२ : पिएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पिएनजी)सँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो ।

आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्सन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । नेपालले युएईसँगको खेलमा आफ्ना प्रमुख बलर करण केसीलाई विश्राम दिएको थियो ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाल सिरिजमा बाँकी २ खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । घरेलु समर्थकको साथमा नेपाली टोली विश्वकप छनोटमा स्थान बनाउँदै अर्को कीर्तिमान गर्ने दाउमा मैदान उत्रन लागेको हो ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पिएनजीविरूद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुने छ ।

नेपालले विश्वकप लिग–२ को अन्तिम खेल चैत २ मा युएईसँग खेल्ने छ ।

उक्त समूह चरणको पुछारमा रहेको पिएनजीले भने खेललाई प्लेअफ छनोट तयारीका लागि लिनेछ । समूह चरणको पुछारमा रहेको पिएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ । नेपाललाई जिते पनि पिएनजीको अंक तालिकामा कुनै परिवर्तन हुने छैन ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ । बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्ने छ ।

नेपालको जितले अंक तालिकाको पाँचौँ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा छ ।

नेपालसँगको हारसँगै युएईको लिग–२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ । अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौँ स्थानमै सीमित हुने छ ।

नेपालले आइतबार युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग–२ बाटै जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने ५ जना पक्राउ

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आर्टिफिसियल इन्टेलिजेन्स र तेस्रो विश्व

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

“विवशता भित्रको नारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com