ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग–२ : पिएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


एबीसी / संवाददाता
फाल्गुन २९, २०७९ सोमबार  ९ : १७ बजे

काठमाडौँ, २९ फागुन । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पिएनजी)सँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो ।

आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्सन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । नेपालले युएईसँगको खेलमा आफ्ना प्रमुख बलर करण केसीलाई विश्राम दिएको थियो ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाल सिरिजमा बाँकी २ खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । घरेलु समर्थकको साथमा नेपाली टोली विश्वकप छनोटमा स्थान बनाउँदै अर्को कीर्तिमान गर्ने दाउमा मैदान उत्रन लागेको हो ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पिएनजीविरूद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुने छ ।

नेपालले विश्वकप लिग–२ को अन्तिम खेल चैत २ मा युएईसँग खेल्ने छ ।

उक्त समूह चरणको पुछारमा रहेको पिएनजीले भने खेललाई प्लेअफ छनोट तयारीका लागि लिनेछ । समूह चरणको पुछारमा रहेको पिएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ । नेपाललाई जिते पनि पिएनजीको अंक तालिकामा कुनै परिवर्तन हुने छैन ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ । बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्ने छ ।

नेपालको जितले अंक तालिकाको पाँचौँ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा छ ।

नेपालसँगको हारसँगै युएईको लिग–२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ । अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौँ स्थानमै सीमित हुने छ ।

नेपालले आइतबार युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग–२ बाटै जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com