ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा पक्राउ


एबीसी / संवाददाता
फाल्गुन २८, २०७९ आईतबार  ९ : ०७ बजे

महोत्तरी, २८ फागुन । दाइजो नल्याएको भन्दै बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।

महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान्  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा  हालेकी थिइन् ।

त्यसलगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश बमोजिम प्रहरीले  पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरिसकेको छ ।

तर, पंकजका बुबा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँस्थित  दशगजा नजिकै लुकिछिपी बसिरहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चाँदी, टिभी, फ्रिजलगायत दाइजोको रुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यसका बाबजुद पनि विवाह भएको ८ महिनापछि पंकजलगायत उनको घरपरिवारले नेहालाई घरनिकाला गरिदिएपछि उनले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन्  ।

श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही प्रकृतिको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारीमा राहत महसुस भएको छ ।

दाइजोकै कारण शारीरिक र मानसिक यातना भोगिरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com