ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग–२ : युएईविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


एबीसी / संवाददाता

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र युएई भिड्दै छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आजको खेल जित्दै नेपाल दुई खेल अघि नै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । युएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

युएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३५ अंक हुने छ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लने छ ।

सात राष्ट्र सहमागी लिग–२ को शीर्ष पाँचमा रहने टिमले एकदिवसीय मान्यता जोगाउने प्रावधान छ । युएईका लागि पनि एकदिवसीय मान्यता जोगाउन नेपालविरूद्धको खेल जित्नै पर्ने दबाब छ ।

नेपालले लिग–२ मा अहिलेसम्म युएईसँग ४ खेल खेल्दा १ पटक मात्र पराजित गरेको छ ।

यस्तै, नेपालले लिग–२ को शीर्ष ३ मा रहेर सिधैँ विश्वकप छनोटमा स्थान बनाउन बाँकी ३ वटै खेल जित्नुपर्ने छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र युएईको खेलमा नामिबियाको नजर रहने छ । यदि नेपाल युएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप छनोटमा पुग्ने छ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हरसहित ३४ अंकका साथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिने छ । बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता बचाउने छ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै एकदिवसीय मान्यता पक्का गर्ने हुने छ ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हरसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । युएईलाई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com