ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माउले छावाको वास्तै नगर्दा कर्मचारीलाई चिन्ता


एबीसी / संवाददाता

चितवन, २६ फागुन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् ।

छावालाई माउले दुध खान नदिएपछि आफैँले हात्तीको दुध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले बताए । “माउले छावाको वास्तै गरेको छैन, दुध पनि खान दिएको छैन”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दुध राखेर खान दिएका छौँ ।” जबसम्म माउले दुध चुसेर खाँदैन तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने उनले बताए ।

चौधरीका अनुसार शल्यक्रिया गरेका कारण गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपरेको छ । उनले सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिदिने बताए । तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रासमेत नलाग्ने चौधरीले बताए ।

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । पच्चीस वर्ष उमेरकी गण्डकीकलीलाई मंगलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो । “व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो”, उनले भने । हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माउनु दुर्लभ रहेको डा.श्रेष्ठले बताए ।

गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो । “हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन । माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ”, श्रेष्ठले भने । डा.श्रेष्ठ नेतृत्वको टोली शल्यक्रियामार्फत छावा निकाल्न सफल भएको हो ।

गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षकी प्रेरणाकलीबाट जन्मिएकी हुन् । उनको यो दोस्रो बेतको छावा हो । गण्डकीकलीको तीन वर्षअघि पहिलोपटक जन्मिएको छावा मरेको थियो । “हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो । शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह गर्‍यौँ”, डा श्रेष्ठले भने । करिब दुई घण्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकाल्न सफल भयौँ ।”

शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु दुर्लभ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौलाले बताए । “शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो”, सडौलाले भने, “नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमा करिब १४ वटामात्र छन् ।” वन्यजन्तुको उपचारमा खटिने हाम्रो टिमका लागि यो जीवनकै गौरव गर्ने अनुभव भएको सडौलाले बताए। यस्तो काम गर्नका लागि बाहिरको जस्तो सामान नभए पनि उपलब्ध सामानले शल्यक्रिया गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।

राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको चामत्कारिक सुधार देखिएको बताए । सुरुवातमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैँ उठेर हिँड्डुल गर्न थालेको उनले बताए । “सुरुमा छावा कमजोर अवस्थामा थियो । राति सलाइन चढाइयो । अवश्यक भिटामिन र पेनकिलर औषधि दियौँ”, उनले भने, “अहिले राम्रो सुधार भइरहेको छ ।” हात्तीको छावा जन्मदा ८० देखि एक सय केजी तौल हुन्छ । “छावालाई विस्तारै माउसँग लगेर माउको दुध खुवाउने प्रयास गरेका छौँ, त्यसपछि समस्या हुँदैन”, उनले भने । उनले १२ दिनपछि छावाको न्वारन गरिदिने बताए । प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकहरूको उपस्थितिमा हात्तीको नाम राख्ने चलन रहेको रिजालले जानकारी दिए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले संरक्षणका लागेका मानिसका लागि खुसी र गर्वको क्षण भएको बताए । उनले भने, “संसारमा विरलै र नेपालमा पहिलोपटक भएको घटना हो । सुत्केरी व्यथाले छट्पटाइरहेको हात्तीलाई चिकित्सक र प्राविधिकको टोलीले जुन कुशलतापूर्वक माउ बच्चाको जीवनरक्षा गरेको छ ।” यो सफलताले संरक्षणको क्षेत्रमा थप ऊर्जा मिलेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठ, पशु चिकित्सक विकल्प कार्की, प्राविधिक किरण रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी डा.अमिर सडौला र क्यानडाका पशु चिकित्सक डा.निख मास्टरलगायत प्रजनन केन्द्रका माउतेहरूको टोलीले करिब दुई घण्टा लगाएर गण्डकीकलीको सफल प्रजनन गरेको हो । विसं २०५४ यता यस प्रजनन केन्द्रमा ६२ वटा छावा जन्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com