काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो।
आजै दिउँसो ४ बजेपछि मतगणना गरिने भएको छ । आजै मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।
मतगणनाका लागि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि तोकेका छन् ।
मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन् । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ ३३३ मध्ये ३१४ मत खसेको छ। आयोगका अनुसार १९ मत खसेन।
प्रदेश सभा सदस्यतर्फ ५ सय १८ मत खसेको छ।







प्रतिक्रिया दिनुहोस्