ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर


एबीसी / संवाददाता
फाल्गुन २५, २०७९ बिहीबार  ५ : ५८ बजे

बनियानी, २५ फागुन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन् ।

“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको विकास गर्नुपर्छ ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका बताउँदै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।

हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पुर्‍याउन सबै महिला एकजुट हुनुपर्ने बताइन् । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ । समाज र मुलुकको समग्र विकासका लागि महिला र पुरुष हातमा हात साथमा साथ दिएर अघि बढ्नुपर्ने उनले उल्लेख गरिन् । महिलाको समस्या सम्बोधन गर्न र आवश्यक नीति निर्माणमा सदनमा आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा कनकाई–२ का एक सय चार वर्षीया ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ का अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल)कर्मी अंशिका शर्मालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई उपसभामुख रानामगरले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाको हकहित र वृत्ति विकासका लागि काम गर्दै आएको बताए ।

त्यस्तै, उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताइन् । आएका घटनालाई सबैको पक्षमा विजयको अवस्थामा मिलाउने हरसम्भव प्रयास गर्ने गरिएको बताइन् । उनले महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकास लागि नगरले सक्दो सहयोग गर्ने र त्यस प्रकारका कामका लागि प्रस्ताव ल्याउनसमेत आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com