ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली


एबीसी / संवाददाता
फाल्गुन २३, २०७९ मंगलबार  ८ : १६ बजे

नेपालगञ्ज, २३ फागुन । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ ।

कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे । उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे ।

स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ । सो पर्व नेपालमा मनाइने होली जस्तै हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ । कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए ।

होटल एसोसियसन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने उनको भनाइ छ ।

पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ । अत्यन्त स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ ।

बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com