ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो


एबीसी / संवाददाता

म्याग्दी, २२ फागुन । जलजला गाउँपालिका–८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ ।

सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए ।

“बनौदेखि पाङ–अर्मादी–मालढुङ्गा–लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो”, उनले भने, “२० किलोमिटर दुरीको बनौ–लस्ती–लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।”

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती–बनौ सडक निर्माण सुरु भएको थियो । सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन् ।

चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए । “यसअघिका तीन वर्ष बजेट विनियोजन भए पनि काम गर्न नसकेर फ्रिज भयो”, उनले भने, “यसपालि उपभोक्ता समितिमार्फत मार्ग खोल्न सफल भयौँ ।”

सडक निर्माणमा संघीय सरकारबाट दुई चरणमा रु एक करोड ३० लाख विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन । गत वर्ष जलजला गाउँपालिकाले २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो ।

अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो । यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत् ३० लाख बजेट विनियोजन भएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष पुर्जाका अनुसार पाँच–छ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन् । डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गरे । जोखिम मोलेर संयमतापूर्वक डोजर चलाएर मार्ग खोल्न सफल पनि भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com