ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशीको खेलमैदान बनाउन मुस्ताङमा कलेज खोल्न खोजियो, यो चीनविरुद्धको गद्दारी : अध्यक्ष ओली


एबीसी न्यूज
फाल्गुन २०, २०७९ शनिबार   ३ : ५४   बजे

काठमाडौं, २० फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका छन् । शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त योजना राष्ट्रियतामाथिको प्रहार भएको बताए ।

मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो, अध्यक्ष ओलीले भने, २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो । ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताए । उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ अध्यक्ष ओलीले भने ।

उनले उक्त योजना धेरै खतरनाक कुरा भएको बताएका थिए । यसको सन्दर्भमा हामी लड्नुपर्छ र विरोध गर्नुपर्छ उनले भने । मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारत ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिने तयार भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको र भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरेको थियो ।

यसैबीच एमाले अध्यक्ष ओलीले भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको विषयको समेत विरोध गरेका थिए । अहिले सरकारमा बस्नेहरुमा लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने र नेपालीलाई खुवाउन दिने, मालिक खुसी हुन्छ कि हुँदैन १ नेपाली मरेर के भयो रुु ओलीले भने, नेपालीको भान्सामा विषादी आएर के भयो रु प्रधानमन्त्रीजीको आदेशमा तरकारी आदि विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । सबै ठाउँमा संयन्त्र नहुनु बेग्लै कुरा हो । भएकोमा जाँच्नु पर्‍यो नि ,ओलीले छिमेकी खुसी पार्नका लागि यस्तो गरिएको पनि आरोप लगाएका थिए । बाह्य शक्तिलाई खुसी पार्ने, आफ्नो जनतालाई विषाक्त चीजहरु खुवाएर मार्ने , त्यस खालको विरोध गर्नुपर्छु ओलीले भने ।

तरकारीमा विषादी भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन् । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

सम्बन्धित

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group