ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना


एबीसी / संवाददाता
फाल्गुन २०, २०७९ शनिबार  ७ : १७ बजे

झापा, २० फागुन । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दंग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दंग परेका हुन् ।

“सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।” उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताइन् ।

सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताइन् । खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उनको भनाइ छ ।

त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक हजार शुल्क लिने गरिन्छ । “महँगो लिदैनौँ पाहुनालाई”, उनले भनिन्, “अलि राम्रो होटलमा एक छाक खाने पैसाले यहाँ एक दिनलाई पुग्छ ।” उनले अतिथि सत्कारसँगै आम्दानी हुन थालेपछि महिलाहरूको आत्मविश्वास बढेको बताइन् ।

प्रत्येक घरका एक–एक कोठा अतिथिका लागि छुट्याइएको छ । घरको एक कोठामात्र छुट्याए पनि धेरै पाहुना एकैपटक आउँदा भने चारदेखि पाँच जनासम्मको व्यवस्था एउटै घरमा हुन्छ ।

वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीले स्थानीय महिलालाई स्वरोजगार बनाउने र आफ्ना वडामा आउने पाहुनालाई सत्कार सम्मानसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा प्रोत्साहन गरेको बताए ।

“यहाँ वर्षौँदेखि मानव–हात्तीको द्वन्द्व छ । यही विषयमा शोधपत्र लेख्नेदेखि अनुसन्धान गर्नेसम्म आउँदा व्यवस्थित बस्ने स्थानको अभाव थियो”, उनले भने, “होमस्टे भएपछि सजिलो भएको छ ।” उनले होमस्टेलाई अझ व्यवस्थित बनाउन वडाबाटै तालिमको व्यवस्था गर्न लागिएको बताए ।

महिलाले होमस्टेसँगै सात कठ्ठा जमिन लिजमा लिएर मौसमअनुसारका कृषिजन्य उत्पादन गर्ने गरेको होमस्टेका सचिव श्रेष्ठले बताइन् । उनले यतिबेला सो जमिनमा आलुको सामूहिक खेती गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com