ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालअधिकार संरक्षणमा चुनौती बढ्दो


एबीसी न्यूज
फाल्गुन १९, २०७९ शुक्रबार   १ : ५७   बजे

काठमाडौं, १९ फागुन । बालअधिकारका लागि नागरिक समाज ९बालअधिकार मञ्च० कास्कीले बाल संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल गरेको छ ।

मञ्चले विगत तीन महिनाको अवधिमा नागरिक समाजका तर्फबाट बालअधिकारको संरक्षण सम्वद्र्धनका क्षेत्रमा गरेका कार्य र बाल संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल गरेर जिम्मेवार निकायको ध्यानाकर्षण गराएको हो ।

मञ्चले पछिल्लो समयमा बालबालिका माथि भएका हिंसाका घटना, दुर्घटना, बालश्रम शोषण, मानव बेचबिखनका घटना र सम्बन्धित निकायबाट भएका काम कारबाही प्रति चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएको पोखरा शान्तिका लागि नागरिक समाजका सञ्जाल संयोजक बीना सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा पोखराका विभिन्न ठाँउमा नाम नभएका खाजा घर मात्र लेखिएका ठाउँमा १८ वर्ष मुनिका बालिका राखिएको र उनीहरुलाई शङ्कास्पद तथा जोखिमपूर्ण कार्यमा लगाउने गरेको विभिन्न माध्यमबाट जानकारी पाइएको छ । साथै आर्थिक अवस्था कमजोर भएका परिवारका बालिकालाई ललाइफकाइ गरेर परिबन्धमा पारेर जोखिम पूर्ण कार्यमा संलग्न गराउने गरेको भेटिएको छ ।

पोखरामा १४ वर्ष मुनिका बालबालिका बालश्रममा देखिनुका साथै बालश्रम निषेध तथा नियमन गर्ने ऐन २०५६ ले जोखिमपूर्ण कामका रुपमा परिभाषित गरेका क्षेत्रमा १८ वर्ष मुनिका बालबालिका श्रममा लगाएको पाइएको विषयमा पनि मञ्चले ध्यानाकर्षण गराएको छ ।

बालश्रमका समस्याअनुसार उद्धार, मुद्दा दर्ता, कारबाही हुन नसकिरहेको र अधिकार प्राप्त निकायबाट गरिनुपर्ने अनुगमन तथा नियमनका कार्य पनि सन्तोषजनक नभएको उल्लेख गरिएको छ । पोखरा महानगरपालिकामा बालश्रम, बालसंरक्षणको प्रमुख सवाल तथा चुनौतीका रुपमा रहँदै आएको र अर्कोतर्फ सुरुआतदेखि नै बालश्रम निषेध तथा नियमन गर्ने ऐन २०५६ को प्रभावकारी कार्यान्वयन हुन नसकिरहेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ ।

पोखरा–५ खुँडेपोखरीमा डुबेर चार वर्षका बालकको मृत्यु भएको घटना, पोखरा सेतीदोभानस्थित सेनाको प्रशिक्षण केन्द्रको रेञ्ज नजिकको ठाँउमा फेला परेको भनिएको विस्फोटक पदार्थ चलाउँदा उक्त वस्तु पड्कन गई दुई बालक घाइते भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिँदै यस किसिमका जोखिम क्षेत्रको पहिचान गरी तार जालीलगायत आवश्यक सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ ।

पोखराका विभिन्न स्थानमा बालबालिका विद्यालय नगई विद्यालय तथा घर छाडेर नै स्केट खेल्नका लागि जाने, कुलतमा फस्ने, त्यहाँबाट नराम्रा जोखिमपूर्ण गतिविधिमा समेत संलग्न हुन गएका जनाउँदै मञ्चले निगरानी गर्न माग गरेको छ ।

बालअधिकार संरक्षणका विषयमा पोखरा शान्तिका लागि नागरिक समाज, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, बालहितकारी परियोजना नेपाल, चिल्डेन नेपाल असल छिमेकी सहयोग सङ्घ ९गोनेसा०, पोखरा उद्योग वाणिज्य सङ्घ बलश्रम न्यूनीकरण कार्यक्रम, कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र, शिक्षाका लागि राष्ट्रिय अभियान गण्डकी प्रदेश, एड्भोकेसी फोरम, राइटफर चिल्ड्रेन, सुअवसर ग्राम नेपाल, सिविन नेपाल, शक्ति समूह, महानगर बालमञ्चलगायतका प्रतिनिधिले उक्त समस्याका विषयमा हस्ताक्षर गरी महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम तथा रोजगार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको संयोजक सिलवालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group