ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० चिया उत्पादक कम्पनी पुरस्कृत


एबीसी न्यूज

काठमाडौं, १९ फागुन । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ ९चियाको स्वाद एव गुणस्तर परीक्षण०का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।

यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् ।

यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन्।

नेपालबाट गत आवमा रू तीन अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको कार्यक्रममा किसानले गुनासो गरे । नेपालबाट वार्षिक रू १० अर्बभन्दा बढीको चिया निर्यातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com