काठमाडौं । अब पोखराबाट पूर्वी नेपालको झापास्थित भद्रपुरमा सिधा उडान हुने भएको छ । बुद्ध एयरले पोखरालाई केन्द्रमा राखेर प्रादेशिक उडान विस्तार गर्ने क्रममा भद्रपुरमा उडान तालिका सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ९ मार्च (२५ फागुन)देखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान हुने भएको छ । पोखराबाट भद्रपुरसम्म एक घण्टाको उडान अवधि रहने भएको छ । यहाँ प्रमोसनल भाडादर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय १८ः५५ तोकिएको छ ।
यस उडानबाट दुवै पर्यटकीय शहरका जनता लभान्वित हुने बताइएको छ । दैनिक उडानबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने विश्वास कम्पनीको छ । भद्रपुर नजिकै रहेका चियाबगान, विभिन्न धार्मिक स्थल तथा देशकै होचो ठाउँको अवलोकन गर्न सकिन्छ । इलाम तथा ताप्लेजुङबाट पूर्वको सगरमाथा, मकालु, कञ्चनजंघा लगायत हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।







प्रतिक्रिया दिनुहोस्