ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सुशासन प्रवद्र्धनका लागि प्रविधिमैत्री जनकपुरधाम


bhawani desk
फाल्गुन १८, २०७९ बिहीबार  ११ : १२ बजे

१८ फागुन । जनकपुरधाम, १८ फागुन (रासस) : जनकपुरधाम, १८ फागुन (रासस) ः धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँले अहिले नगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई प्रविधियुक्त र नागरिकलाई सूचना प्रविधिमार्फत सेवाप्रवाहका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । “प्रविधिको प्रयोगबाट कसरी छिटो र पारदर्शी ढङ्गले काम गर्न सकिन्छ भनेर इ–हाजिरी र सेवाग्राहीले अनलाइनमै विवरण पेश गर्ने गरी काम थालेका छौँ”, उहाँले भन्नुभयो, “कर तिर्न लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रतिस्थापन गर्न डिजिटल सूचना प्रणालीको विकास गर्दैछौँ ।” उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले कर्मचारीलाई समयमै कार्यालय आउने र काम सकेपछि मात्रै जाने गरी अनुशासित बनाउन प्रविधिको प्रयोग इ–हाजिरीबाट सुरु गरिएको बताउनुभयो । नागरिकलाई लक्षित गरी प्रविधि प्रयोगमा जोड्न दिइँदै छ ।

गत भदौपछि इ–हाजिरी सुरु भएको हो । सेवाग्राहीलाई लक्षित गरी ‘सेमी’ अनलाइन सेवा पनि सञ्चालनमा ल्याइएको छ । “सकेसम्म सबै सेवा डिजिटलाइज्ड गर्ने गरी अगाडि बढेका छौँ । नियमितता, मितव्ययीता र कार्यदक्षता अभिवृद्धिका लागि महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा ल्याइसकेका छौँ”, शशीले भन्नुभयो, “राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) को प्रयोगका लागि महालेखालाई पत्र लेखिसकेका छौँ, त्यो कार्यान्वयनमा आए हामी मधेसमै यो गर्ने पहिलो स्थानीय निकाय हुनेछाँै ।” जनकपुरधाम चेकबाट रकम हस्तान्तरणलाई निस्तेज गरी विद्युतीय कोष हस्तान्तरण प्रणालीको प्रयोगमार्फत कारोबार गर्ने धनुषाकै पहिलो स्थानीय तह हो । उपमहानगरपालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन मोबाइल एपको विकास गर्ने योजना छ । योजना, लागत, कार्यान्वयन हुने क्षेत्र तथा प्रगति विवरणसमेत थाहा पाउने गरी अनलाइन प्रणाली विकास गरिँदै छ । “सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको छ, डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाउने योजना छ”, शशीले भन्नुभयो । त्यसैगरी वडा कार्यालय र नगर क्षेत्रमा रहेका वडा स्वास्थ्यचौकीलाई एकै ठाउँबाट अनुगमन गर्न मिल्ने गरी अनलाइन प्रणालीको विकास गर्ने योजना छ ।

सामाजिक सुरक्षा पञ्जीकरणका लागि २५ वटै वडामा कम्प्युटर अपरेटर नियुक्त गरी काम अगाडि बढाइएको छ । “उपमहानगरपालिका र यसअन्तर्गतका २५ वटै वडालाई अनलाइन प्रणालीमा जोड्ने काम हुँदैछ । डिजिटल नक्सा र घरको अनलाइन ‘कोडिङ’को काम पनि हुन्छ ।”, उहाँले भन्नुभयो । सामाजिक सुरक्षा पञ्जीकरणलाई सहज बनाउन ३५ कम्प्युटर अपरेटर नियुक्त गरिएका छन् । जनकपुर धार्मिक नगरी भएकाले सुरक्षा व्यवस्थापनका लागि नगर क्षेत्रका सिसीटिभीबाट एकै ठाउँबाट अनुगमन गर्ने गरी एकीकृत सञ्जाल निर्माणको काम गर्न थालिएको छ । नगरभरि हाल प्रदेश सरकार र अन्य निकायले करिब ५० सिसीटिभी जडान गरेको छ । अत्यावश्यक ठाउँमा थप गरी त्यसलाई एउटै सञ्जालमा जोडेर अनुगमन गर्दा सुरक्षाका दृष्टिले सहजता प्रदान गर्ने अपेक्षा छ । जनकपुरलाई प्रविधिको माध्यमबाट जान्नका लागि एप सञ्चालनमा ल्याइएको छ । “जनकपुरधामलाई नजिकबाट जान्नका लागि ‘भिजिट जनकपुर’ एप सञ्चालनमा ल्याएका छौँ”, प्रमुख साह बताउनुहुन्छ, “यहाँका हरेक घरको डिजिटल ‘कोडिङ’को काम भएमा सबैजसो गतिविधिमा सहज पहुँचका लागि टेवा पुग्छ ।” उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्न ‘करदेखि घर’ मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपप्रमुख किशोरी साह बताउनुहुन्छ । अभिलेखीकरणलाई व्यवस्थित बनाउँदै योजना तर्जुमा, अनुगमन, गुनासा व्यवस्थापनलगायत काममा सहज हुने गरी प्रविधिको प्रयोगलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com