ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात्रिकालीन उडान पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण


एबीसी न्यूज

काठमाडौं, ११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ ९एआइपी० प्रकाशित गरेको थियो ।

उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिन्छ । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ ९भिएफआर० प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण गरिएको थियो । विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुँने गरेकामा रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

“रात्रिकालीन उडान यहाँको पर्यटनका लागि पनि महत्वपूर्ण बन्ने छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा विभिन्न कार्यालयीय एवम् अन्य काममा जाने पनि दिउँसो काम सकेर रातमा पोखरा फर्कने पाउनेछन् ।” अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्ति पनि रात्रिकालीन उडान भएसँगै काठमाडाँैं विमानस्थलबाट सिधैँ पोखरा आउन सक्ने उहाँले बताउनुभयो ।रात्रिकालीन उडानले पोखरालाई आन्तरिक रुपमा पनि अन्य प्रदेशसँग जोड्न सहज हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ ।“रात्रिकालीन उडानका लागि विभिन्न उडान कम्पनीले पनि आफ्ना कार्यतालिका राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “यसले पोखराको पर्यटनमा विशिष्ट योगदान पुग्ने अपेक्षा गरेका छौंँ ।”

रात्रिकालीन उडानका लागि विमान कम्पनीले पनि आफ्नो तयारी सुरु गरेका छन् । पोखरामा हालसम्म दैनिक १० वटा उडान गरिरहेको बुद्ध एयरलायन्सले अरु दुई उडान थप गर्ने तयारी गरेको एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । “ पोखराबाट आगामी मार्च ९ बाट रात्रिकालीन उडान गर्ने हाम्रो तयारी छ”, उहाँले भन्नुभयो, “हालका लागि राति ८ बजेसम्म उडान सञ्चालन गर्ने योजनामा छौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com