ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात्रिकालीन उडान पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार   ३ : ३१   बजे

काठमाडौं, ११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ ९एआइपी० प्रकाशित गरेको थियो ।

उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिन्छ । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ ९भिएफआर० प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण गरिएको थियो । विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुँने गरेकामा रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

“रात्रिकालीन उडान यहाँको पर्यटनका लागि पनि महत्वपूर्ण बन्ने छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा विभिन्न कार्यालयीय एवम् अन्य काममा जाने पनि दिउँसो काम सकेर रातमा पोखरा फर्कने पाउनेछन् ।” अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्ति पनि रात्रिकालीन उडान भएसँगै काठमाडाँैं विमानस्थलबाट सिधैँ पोखरा आउन सक्ने उहाँले बताउनुभयो ।रात्रिकालीन उडानले पोखरालाई आन्तरिक रुपमा पनि अन्य प्रदेशसँग जोड्न सहज हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ ।“रात्रिकालीन उडानका लागि विभिन्न उडान कम्पनीले पनि आफ्ना कार्यतालिका राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “यसले पोखराको पर्यटनमा विशिष्ट योगदान पुग्ने अपेक्षा गरेका छौंँ ।”

रात्रिकालीन उडानका लागि विमान कम्पनीले पनि आफ्नो तयारी सुरु गरेका छन् । पोखरामा हालसम्म दैनिक १० वटा उडान गरिरहेको बुद्ध एयरलायन्सले अरु दुई उडान थप गर्ने तयारी गरेको एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । “ पोखराबाट आगामी मार्च ९ बाट रात्रिकालीन उडान गर्ने हाम्रो तयारी छ”, उहाँले भन्नुभयो, “हालका लागि राति ८ बजेसम्म उडान सञ्चालन गर्ने योजनामा छौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

सम्बन्धित

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group