ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको आकर्षक गन्तव्य बन्दै ओखरेनी


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार   १ : ५५   बजे

काठमाडौं,११ फागुन । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चे स्थित ओखरेनीडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुन:निर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो ।

बौद्धमार्गीको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा र स्तूपाले यहाँको सुन्दरतालाई अब्बल बनाएको हो ।

बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घर सो स्थानमा रहेका छन् । बस्तीका बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने वित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँलाई थप आकर्षित गरिरहेको जनाइएको छ । अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रङ्गिएको छ ।

पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो । प्राकृतिक दृश्यका लागि मात्रै नभइ अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद चाख्न पाइने ओखरेनी हिमाली गाउँ हो । बजारमा पाइने मल पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्थे ।

यहाँ आउने जङ्गली बँदेलले दु:ख दिन थालेपछि किसानले आलु, मुला लगाउन विस्तारै छाड्न थालेका छन् ।“त्यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ,” गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्नुहुन्छ“गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।” लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयवासीले अन्य बालीको विकल्पमा किबी रोजका हुन् ।“यहाँको हावापानी अनुसार किबीको उत्पादन राम्रो हुने देखियो,” उहाँले भन्नुभयो,“गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।”

ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ ।“अब हामी होमस्टेको तयारीमा छौँ” स्थानीयवासी पदमबहादुर लामा भन्नुहुन्छ,“हामी कर तिर्छौैं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।” उहाँले ठाउँ अभावका कारण ठूलो सङ्ख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताउनुभयो ।

आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौँबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौँको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ । सार्वजनिक बसको यात्रा गर्दा चावहिलको चुच्चेबाट यहाँका लागि बस छुट्छ । काठमाडौँ–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ ।

त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्को ‘रुट’ झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बासनादार वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group