ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला उद्यम प्रदर्शनीमा रु दस लाखको कारोबार


एबीसी न्यूज
फाल्गुन १०, २०७९ बुधबार   ३ : ३५   बजे

काठमाडौं,१० फागुन । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा रु १० लाखभन्दा बढीको कारोबार भएको छ ।

महिलाहरुलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा रु १० लाखभन्दा बढीको कारोबार भएको थियो । महिला उद्यमी सङ्घ नेपाल बाँकेकी वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक सावित्री बस्नेतले महिला उद्यमीहरुले स्थानीय कच्चापदार्थको प्रयोग गरी निर्माण गरेका सामग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान र सुर्खेत जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको महिला उद्यमी सङ्घ नेपाल बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० प्रदर्शनी कक्ष राखिएको थियो । महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोसाक, प्लास्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको उहाँको भनाइ छ ।

प्रदर्शनीको अन्तिम दिन सानो पूँजीबाट आफ्नो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तीनजना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेकी अल्लो धागो तथा तयारी पोसाक उद्योग घोराही दाङकी सञ्चालक प्रेमकुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेसन वेयरकी सञ्चालक सिमिता राणा र स्थानीयस्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती शू उद्योगकी सञ्चालक सुराजन मियाँलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group