ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला उद्यम प्रदर्शनीमा रु दस लाखको कारोबार


एबीसी न्यूज

काठमाडौं,१० फागुन । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा रु १० लाखभन्दा बढीको कारोबार भएको छ ।

महिलाहरुलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा रु १० लाखभन्दा बढीको कारोबार भएको थियो । महिला उद्यमी सङ्घ नेपाल बाँकेकी वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक सावित्री बस्नेतले महिला उद्यमीहरुले स्थानीय कच्चापदार्थको प्रयोग गरी निर्माण गरेका सामग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान र सुर्खेत जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको महिला उद्यमी सङ्घ नेपाल बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० प्रदर्शनी कक्ष राखिएको थियो । महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोसाक, प्लास्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको उहाँको भनाइ छ ।

प्रदर्शनीको अन्तिम दिन सानो पूँजीबाट आफ्नो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तीनजना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेकी अल्लो धागो तथा तयारी पोसाक उद्योग घोराही दाङकी सञ्चालक प्रेमकुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेसन वेयरकी सञ्चालक सिमिता राणा र स्थानीयस्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती शू उद्योगकी सञ्चालक सुराजन मियाँलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com