ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की


एबीसी / संवाददाता
फाल्गुन १०, २०७९ बुधबार  ७ : ०४ बजे

मोरङ, १० फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको उद्घाटन कार्यक्रममा उनले संघीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिँदै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदारबीच समन्वय कायम गरी समाधान गर्ने विचार राखे ।

उनले प्रदेश सरकार निजी क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै संघीय सरकारले निर्माण व्यवसायका सम्बन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्च्याउन पहल गर्ने विश्वास दिलाए । महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतमलगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए ।

साधारणसभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com