काठमाडौं, ९ फागुन । भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिएको छ । आज पहिलो पटक दोहोरो संवाद गरेको मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । नेता भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको अनुहार घटेको लेख्नुभएको छ । उहाँले कल्चर रिपोर्ट आज आउने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्