ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित, कसले कति मत ल्याए ?


abc tv
फाल्गुन ५, २०७९ शुक्रबार  ९ : ३४ बजे

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो।

बडालले ९६२ मत ल्याएर निर्वाचित भएका हुन्। बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ९ का हुन्।

बडालले अध्यक्षका उम्मेदवारहरू आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योञ्जनलाई हराएका हुन्। आरसीले ३५६ मत ल्याए, लोकेशले ११३ मत र वाङ्छुले ८ मत मात्रै ल्याएका थिए।

उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, धर्म गिरीले ५०१ मत, नारायण घर्तीले ७५१ मत र मर्यादा विष्टले ६७५ मत ल्याएर निर्वाचित भएका छन्।

महासचिवमा नरेश रोकाया ७३३ मत ल्याएर विजयी हुँदा अरू उम्मेदवार उमेश आचार्य, कल्पना वाइवा, भाष्कर खनाल, सुदर्शन शिवाकोटी पराजित भएका छन्।

सचिवमा सञ्जिव धितालले २८८ मत, सुजन कडरियाले ६१७ मत, प्रकाश पौडेलले ५२८ मत, दिपेश प्रसाईले ३३३ मत, आशिर्वाद सुवेदीले ३४६ मत र दीपक धामीले ३५० मत ल्याएर निर्वाचित भए।

यस्तै सचिवमै अञ्जना शिवाकोटीले ७५९ मत, आरती भट्टराईले ५२५ मत, विनिता काफ्लेले ५३५ मत, मनोज ताम्ली लिम्बूले ४५७ मत ल्याएर निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। उनले ७२० मत ल्याए। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए।

महाधिवेशनले आगामी २ वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।

साथै अनुशासन, लेखा र निर्वाचन आयोगमा पनि पदाधिकारी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com