ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय सडक निर्माण गर्न निर्देशन


एबीसी न्यूज

काठमाडौं,३ फागुन । निर्माणाधीन पटौटी तम्घास फास्ट ट्र्याक र पाल्पा घुम्ती सडकको जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ । सडक निर्माण कसरी अगाडि बढेको, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था छ छैन भनी अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।

सडक निर्माणमा प्रयोग गरिने ढुङ्गा, गिट्टी, बालुवा वातावरणीय प्रभाव अध्यन नगरिकनै निजी जग्गा प्रयोग गरिएको भेटिएकाले तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरेर मात्र प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको थियोे । पाणिनि–८ मधुलेखमा अवैधरूपमा पहाड उत्खनन गरेको अवस्थामा एक एक्साभेटरसमेत फेला पारेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि उत्खनन गरिरहेको एक्साभेटर छाडेर चालक भागेकाले उसलाई कारबाहीका लागि निर्देशन दिइएको थियो ।

पटौटी तम्घास फास्ट ट्र्याकको पटौटी, दुर्गाफाट हुँदै रिडी खोलामा बन्न लागेको पुल तथा सोही क्षेत्रको सडक तथा घुम्ती पाल्पा सडकको घुम्तीदेखि दुर्गाफाटसम्मको सडक अनुगमन गरिएको जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो ।

उहाँसहित, प्रजिअ अर्याल, प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, सडक पूर्वाधार कार्यालयका इञ्जिनीयर अशोक दुवाडी, निर्माण व्यवसायी सङ्घका अध्यक्ष ऋषिराम अधिकारी, नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशसदस्य प्रेमनारायण आचार्यलगायत अनुगमन टोलीमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com