ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन अमरलाई विश्व कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण


एबीसी न्यूज

काठमाडौं, १ फागुन । गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ लाई वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’ को विश्व कीर्तिमानी प्रमाणपत्र एक समारोहबीच हस्तान्तरण गर्नुभयो । चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आउनु भएका साहित्यकार सुरेन्द्र महर्जन अमरलाई विश्व कृतिमान कायम गर्नुभएकोमा साहित्यकार विश्व बल्लभ र गीतकार वसन्त बित्यासी थापाले बधाई समेत दिनुभयो ।

विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वल्ड वाइड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो । प्रमाणपत्र वितरण समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, विवेक कार्की लगायतले सुरेन्द्र महर्जन ‘अमर’ को बारेमा बोल्नु भएको थियो ।

वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम ”मायाको सागर” सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड कायम गर्नुभएको हो । साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गर्नुभएको थियो ।

निरन्तर हटेर हैन डटेर साहित्यमा आफ्नो समय बिताउने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को तिसौं कृति सगरमाथा बेस क्याममा सार्वजनिक गरेको कारण उक्त विश्व कीर्तिमान प्रमाणपत्र प्राप्त भएको हो । उहाँको रचनामा रहेकोे उक्त एल्बममा चर्चित गायक कुमार सानु र देविका वन्दना, प्रविन भेटवाल, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी र चिरञ्जीवी भण्डारी आदिको स्वर रहेको छ । एल्बममा संगीतकारहरू सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र चिरञ्जीवी भण्डारीको संगीत रहेको छ । ओएस नेपालको प्रस्तुतिमा सार्वजनिक एल्बम मायाको सागर बजारमा आएको हो । प्रमाणपत्र वितरण कार्यक्रममा साहित्यकार महर्जनले वल्ड वाइड बुक अफ रेकर्डको प्रमाणपत्र प्राप्त गरेकोमा आफूले मात्र नभएर सम्पूर्ण नेपालीको सफलता भएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com