ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्र दिवस मनाउन प्रदेशस्तरीय समिति गठन


एबीसी न्यूज

काठमाडौं,१ फागुन । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ ।

समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था एवं औद्योगिक प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ लगायतका प्रतिनिधि वा प्रमुख सदस्य रहनेछन् ।

यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन यो दिवसमा पहिलो दिनदेखि नै सबै सरकारी कार्यालयमा सरसफाइ वृक्षरोपण, राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्र केन्द्रित रचनात्मक एवं सिर्जनात्मक कार्य, प्रजातन्त्रका विषयमा सन्देशमूलक लेख, रचना प्रकाशन एवं प्रसारण, अस्पताल एवं ज्येष्ठ नागरिक गृह, कारागार, बालसुधार गृहमा फलफूल र औषधि वितरण कार्यक्रम गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो ।

फागुन ७ गते जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाको संयोजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडिबाट प्रभातफेरी गरी पुन:सोही स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलीपछि मुख्यमन्त्री कार्कीको सम्बोधन हुने बताइएको छ ।

मुख्यमन्त्री कार्कीले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्र नभएर बृहत्रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले आजको दिनको बृहत् समीक्षा गरी आमनागरिकले उपभोग गर्ने सेवा र सुविधा पनि सहज तथा सरल हुनुपर्ने भन्दै यो दिवस रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com