ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा


abc

काठमाडौं, १ फागुन । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ ।

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठका अनुसार चिकित्सक कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगसम्बन्धीका चिकित्सकले सेवा दिएका छन् । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, ‘अल्ट्रासाउण्ड’ सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य जाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।

शिविरबाट पाँच सय बढी नागरिक लाभान्वित भएका डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको पहुँचभन्दा टाढा तथा दुर्गममा रहेका नागरिकलाई लक्षित गरेर गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भइरहेको छ । गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले हामीले गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गरिएको र यसबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।”

छिट्टै जिल्लाको सिगास गाउँपालिकाको गाजरीमा समेत शिविर सञ्चालन गर्ने तयारी रहेको जिल्ला अस्पतालले जनाएको छ । यसमा साथै जिल्ला अन्य पालिकाका पनि स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

सम्बन्धित

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक आजदेखि सुरु

हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’

कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com