ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सवको तयारी पुरा


एविसी संवाददाता

माघ २५, रुपन्देही । देवदह महोत्सवको तयारी पुरा भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाद्योग व्यापार संघ देवदहले माघ २६ देखि फाल्गुन १० सम्म संचालन हुने सातौँ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मूल आयोजक समिति संयोजक मेघराज ढकालले रूपन्देहीमा बुटवल र भैरहवा जस्ता ठुला र स्थापित शहरबाहिर पनि व्यापार मेला गर्न सकिन्छ भन्ने सन्देश दिंदै २०७१ सालमा देवदहमा आयोजित महोत्सवको सातौँ संस्करणको रूपमा संचालन हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको र भोलि एक समारोहबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले महोत्सवको उद्घाटन गर्ने बताए।

महोत्सवको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभाका मन्त्री कृष्णा केसी, देवदह क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू, देवदह नगरपालिका र छिमेकी पालिकाका प्रमुखहरू आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अभिभावक संस्था नेपाल उद्योग व्यापार महासंघ, काठमाडौं र लुम्बिनी प्रदेश कार्य समितिका पदाधिकारी र प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, देवदहमा क्रियाशील सामाजिक संघसंस्था, विद्यालय, क्याम्पस, आमा समूह, बन उपभोक्ता समूह, सहयोगी संस्था देवदह व्यापार संघ, देवदह उद्योग वाणिज्य संघ, प्रगति सामुदायिक वन उपभोक्ता समूह लगायत देवदहबासीको उपस्थिति रहने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहका विभिन्न विद्यालय, सांस्कृतिक संघसंस्था, आमा समूह, बन उपभोक्ता समूह, टोल विकास संस्था लगायतका सामाजिक संघसंस्थाको र्र्याली समेत रहने र उत्कृष्ट र्र्यालीलाई पुरस्कृत समेत आयोजकले जनाएको छ । र्र्याली बिहान १० बजे खेरेनीको लोकेश्वर मन्दिरबाट सुरू जनाईएको छ।

मेलामा ९० प्रतिशत स्टल बुक भैसकेको स्तल दर्ता तथा व्यवस्थापन उपसमितिका संयोजक अमृत बहादुर फुल्लेलले जानकारी दिए।

मेलाको स्टलमा राखिएको खाद्य वस्तुको दैनिक रुपमा निरिक्षण गरेर मात्र बिक्रि वितरण गर्ने व्यवस्था गरिएको मेला निरिक्षण उपसमितिका संयोजक प्रेम थापाले बताए ।

विगतका घटनाहरुलाई मध्यनजर गर्दै यस बर्षको महोत्सव अवधिभर सुरक्षा व्यवस्थालाई कडा बनाईएको बताउंदै सुरक्षा व्यवस्था उपसमितिका संयोजक गणेश खातीले आन्तरिक सुरक्षाकर्मी, प्रहरी प्रशासन र भूतपुर्व सैनिकहरुद्धारा सुरक्षाको व्यवस्था गरिएको बताए ।

पर्यटन र कृषि प्रवर्धन महोत्सवमा मुख्य उद्देश्य रहेको बताएको आयोजकले पर्यटकीय गोष्ठी र कृषि गोष्ठीको समेत आयोजना गरिएको जनाएको छ।

महोत्सवमा बाल उद्यान, राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, विज्ञान प्रदर्शनी, देवदह क्षेत्रमा रहेका ऐतिहासिक फोटोहरूको प्रदर्शनी समेत गरिने छ भने सिङ्गिङ्ग र डान्सिंग आइडल तथा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको साथमा राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति रहने सचिवालय संयोजक थानेश्वर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण– प्रधानमन्त्री प्रचण्ड

जुम्लाको तापक्रम माइनसमा, जाडोले जनजीवन कष्टकर

सम्बन्धित

नदीको कठ्याङ्ग्रिँदो चिसोले आक्रान्त भूकम्पपीडित

सी–बाइडेन ‘सान फ्रान्सिस्को’ वार्ता : मिडियाका आ–आफ्नै एंगल, सिएनएनदेखि ग्लोवलटाइम्ससम्म !

एमालेको प्रश्न– ‘इनफ इज इनफ’ भन्नेहरू कता गए ? व्यवस्थामाथि नै खतरा भएको हो टिकटक ?

मार्क्सवादको चिनियाँकरण-“ह्वेन मार्क्स मेट कन्फ्युसियस’

जाडोयाम शुरु भएसँगै देशभरको न्यूनतम र अधिकतम तापक्रम घट्दै

कान्तिपुरविरुद्ध पत्रकार महासंघको आन्दोलन रहस्यपूर्ण – मिडिया सोसाइटी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com