ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहिदको बलिदानबाट स्वाधीन र स्वाभिमानी राष्ट्र : प्रदेश प्रमुख गुरुङ


एबीसी / संवाददाता
माघ १६, २०७९ सोमबार  ८ : ५८ बजे

गण्डकी, १६ माघ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सहिदको बलिदानबाट नेपाल स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी राष्ट्र बनेको बताएका छन् ।

सहिद दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सहिदहरूको त्याग र बलिदानको प्रतिफलस्वरूप प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति प्रदेश प्रमुख गुरुङले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सहिद दिवसले हामी सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न समर्पित हुन प्रेरणा दिने उल्लेख गर्दै सन्देशमा उनले देशलाई द्रूत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने सहिदहरूको सपनालाई साकार पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com