ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाइनाभरि रवि लामिछानेको चर्चा,चार वटी श्रीमतीबारे सबै चकित


abc

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट हिजो पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी समाचार चिनियाँ सञ्चारमाध्यममा पनि भाइरल भएका छन् । ‘अमेरिकी नागरिक’ले झूठो विवरण दिएर नेपाली जनताको दिमाग भुटेको र हौवाको भरमा गृहमन्त्री बनेको उनीहरूको रिपोर्टिङ छ ।

सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको संक्षेपमा व्याख्या गर्दै अधिकांश १ अर्ब ४० करोड जनसंख्या भएको उत्तरी छिमेक चीनका अनलाइन खबरहरुमा लेखिएको छ, ‘अमेरिका गएपछि रविले शरणार्थी बनेर नेपाली नागरिकता त्यागे । अमेरिकी नागरिकताका लागि आवेदन दिए र प्राप्त गरे । त्यसपछि नेपाल फर्के तर नेपाली नागरिकताका लागि पुनः आवेदन गरेनन् । उनले अवैध भइसकेको नेपाली नागरिकता प्रयोग गरे । अमेरिकीको हैसियतमा एउटा टेलिभिजनमा काम गरे । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र आमचुनावमा विजयी भएपछि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने ।’

अदालतको आदेशपछि उनको सांसद,गृहमन्त्री र पार्टी सभापति पद गुमेको छ । साथै गृहमन्त्रीको रूपमा उनले आफ्नो कार्यकालमा भए गरेका सबै कार्यकारी आदेशहरू पनि निष्क्रिय भएको चिनियाँ अनलाइनको समाचारमा लेखिएका छन् । राहदानी दुरुपयोगसम्बन्धी अर्को मुद्दा परेमा उनलाई थप कारवाही हुनसक्ने र एकदेखि तीन वर्षसम्म जेल सजाय पाउने विषयलाई पनि चिनियाँ सञ्चारमाध्यमले हाइलाइट गरेको देखिन्छ ।

रविको रास्वपावारे पनि समाचारमा चर्चा गरिएको छ । छ महिनाको बीचमा चौथो ठूलो दल बनेर रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेलगत्तै क्याबिनेटमा विपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुलाई चिनियाँ सञ्चारमाध्यमले ‘अहंकारी’को संज्ञा दिएका छन् ।

अहंकारीको थप व्याख्या गर्दै लेखिएको छ, ‘चुनावअघि उनले काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैलाई राजनीतिबाट सन्यास लिन सल्लाह दिए । सबैभन्दा धेरै घृणा उनले देउवालाई गरेका थिए ।’

उपप्रधान तथा गृहमन्त्रीको रूपमा जम्मा एक महिना,दुई दिन बिताएका रविको व्यक्तिगत जीवनमा पनि त्यस्तै छोटो अवधिले काम गरेको चिनियाँ समाचारमा उल्लेख छ । ‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् ? त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।

उनी हिजो बेलुकी प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पेश गर्नुअघि निजी कारमा गृह मन्त्रालयबाट बाहिरिएका थिए । आफ्ना अन्धभक्तहरुले रविलाई नेपालको जेलेन्स्की भन्ने गरेको पनि चिनियाँहरुको बुझाइ छ । उनको सफलतालाई अन्धभक्तहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग दाँजेको बताइन्छ ।

अमेरिकी र पश्चिमा राष्ट्रहरुको पहिले मौन र अहिले प्रत्यक्ष समर्थन गरेका उनलाई हिजो अदालतको आदेशपछि ठूलो धक्का पुगेको चिनियाँ सञ्चारमाध्यमको निश्कर्ष छ । उनी निर्वाचित र मन्त्री नियुक्त भएपछि अमेरिकालगायत धेरै वटा पश्चिमा कूटनीतिक नियोगका प्रमुखहरुले तारन्तार भेट गरिरहेको आधारमा उनीहरुले सो निश्कर्ष निकालेका हुन् ।

एउटा अनलाइनले लेखेको छ, ‘रवि संयुक्त राज्य अमेरिकाले नेपालको राजनीतिमा घुसाएको एउटा प्यादा हो । अदालतको आदेशपछि धेरै नेपाली निकै खुशी देखिएका छन् ।’‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् रु त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...