ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाइनाभरि रवि लामिछानेको चर्चा,चार वटी श्रीमतीबारे सबै चकित


एबीसी न्यूज
माघ १४, २०७९ शनिबार  १२ : ४५ बजे

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट हिजो पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी समाचार चिनियाँ सञ्चारमाध्यममा पनि भाइरल भएका छन् । ‘अमेरिकी नागरिक’ले झूठो विवरण दिएर नेपाली जनताको दिमाग भुटेको र हौवाको भरमा गृहमन्त्री बनेको उनीहरूको रिपोर्टिङ छ ।

सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको संक्षेपमा व्याख्या गर्दै अधिकांश १ अर्ब ४० करोड जनसंख्या भएको उत्तरी छिमेक चीनका अनलाइन खबरहरुमा लेखिएको छ, ‘अमेरिका गएपछि रविले शरणार्थी बनेर नेपाली नागरिकता त्यागे । अमेरिकी नागरिकताका लागि आवेदन दिए र प्राप्त गरे । त्यसपछि नेपाल फर्के तर नेपाली नागरिकताका लागि पुनः आवेदन गरेनन् । उनले अवैध भइसकेको नेपाली नागरिकता प्रयोग गरे । अमेरिकीको हैसियतमा एउटा टेलिभिजनमा काम गरे । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र आमचुनावमा विजयी भएपछि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने ।’

अदालतको आदेशपछि उनको सांसद,गृहमन्त्री र पार्टी सभापति पद गुमेको छ । साथै गृहमन्त्रीको रूपमा उनले आफ्नो कार्यकालमा भए गरेका सबै कार्यकारी आदेशहरू पनि निष्क्रिय भएको चिनियाँ अनलाइनको समाचारमा लेखिएका छन् । राहदानी दुरुपयोगसम्बन्धी अर्को मुद्दा परेमा उनलाई थप कारवाही हुनसक्ने र एकदेखि तीन वर्षसम्म जेल सजाय पाउने विषयलाई पनि चिनियाँ सञ्चारमाध्यमले हाइलाइट गरेको देखिन्छ ।

रविको रास्वपावारे पनि समाचारमा चर्चा गरिएको छ । छ महिनाको बीचमा चौथो ठूलो दल बनेर रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेलगत्तै क्याबिनेटमा विपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुलाई चिनियाँ सञ्चारमाध्यमले ‘अहंकारी’को संज्ञा दिएका छन् ।

अहंकारीको थप व्याख्या गर्दै लेखिएको छ, ‘चुनावअघि उनले काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैलाई राजनीतिबाट सन्यास लिन सल्लाह दिए । सबैभन्दा धेरै घृणा उनले देउवालाई गरेका थिए ।’

उपप्रधान तथा गृहमन्त्रीको रूपमा जम्मा एक महिना,दुई दिन बिताएका रविको व्यक्तिगत जीवनमा पनि त्यस्तै छोटो अवधिले काम गरेको चिनियाँ समाचारमा उल्लेख छ । ‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् ? त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।

उनी हिजो बेलुकी प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पेश गर्नुअघि निजी कारमा गृह मन्त्रालयबाट बाहिरिएका थिए । आफ्ना अन्धभक्तहरुले रविलाई नेपालको जेलेन्स्की भन्ने गरेको पनि चिनियाँहरुको बुझाइ छ । उनको सफलतालाई अन्धभक्तहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग दाँजेको बताइन्छ ।

अमेरिकी र पश्चिमा राष्ट्रहरुको पहिले मौन र अहिले प्रत्यक्ष समर्थन गरेका उनलाई हिजो अदालतको आदेशपछि ठूलो धक्का पुगेको चिनियाँ सञ्चारमाध्यमको निश्कर्ष छ । उनी निर्वाचित र मन्त्री नियुक्त भएपछि अमेरिकालगायत धेरै वटा पश्चिमा कूटनीतिक नियोगका प्रमुखहरुले तारन्तार भेट गरिरहेको आधारमा उनीहरुले सो निश्कर्ष निकालेका हुन् ।

एउटा अनलाइनले लेखेको छ, ‘रवि संयुक्त राज्य अमेरिकाले नेपालको राजनीतिमा घुसाएको एउटा प्यादा हो । अदालतको आदेशपछि धेरै नेपाली निकै खुशी देखिएका छन् ।’‘४८ वर्षका पुरुषको हालसम्म तीन वटी श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । सबै घटनामा उनले महिलालाई धोका दिएको खबर बाहिर आएको छ । यसरी आफ्नै घर र परिवारको प्रबन्ध गर्न नसक्ने पुरुषले मुलुककै व्यवस्थापन भने कसरी गर्लान् रु त्यसमा शंका छ,’ चिनियाँ अनलाइनमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com