ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री पाण्डे आफ्नै कम्पनीलाई करोडौंको ठेक्का कुम्ल्याउदै (भिडियोसहित)


ABC NEWS
माघ १३, २०७९ शुक्रबार   ९ : १७   बजे

काठमाडौं, १३ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि सरकारका कयौं विकास आयोजनाका ठेक्का हात पार्दै अलपत्र पार्ने गरेका कारण पाण्डे मन्त्रीमा नियुक्ती भएदेखि आलोचित एवम् विवादित बनेका छन् । पाण्डे नेतृत्वको कालिका कन्स्ट्रक्सनले चालु आर्थिक बर्षको साउन महिनामा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ८ वटा बहुवर्षीय आयोजना सम्झौता गरेको छ । कालिकाले मोरङमा सात र सुनसरी एक गरी कुल ८ वटा सडक र पुलको ठेक्का पारेको छ तर, ती आयोजनाको काम आफैंले नगरी सब कन्ट्रयाक्टरमार्फत अघि बढाएको छ । मन्त्री पाण्डेमार्फत नै सुनसरीका क्रसर व्यवसायीले सब कन्ट्रयाक्टरका रुपमा आयोजनाको काम गर्न जिम्मा लिएका छन् । मोरङका ६ वटा र सुनसरीको एक गरी कुल सात वटा सडकको काम एकै व्यवसायीमार्फत अघि बढेको छ । करिब डेढ अर्ब रुपैयाँको ठेक्कामा सो काम अघि बढेको हो । तर, उक्त ठेक्काको भौतिक प्रगति सुस्त रहेको सडक डिभिजन कार्यालयले जनाएको छ भने यस सम्बन्धमा सरोकारवाला थप संशकित बनेका छन् । पहिलो आर्थिक वर्षको ६ महिना बितिसक्दा आयोजनाको काममा १० देखि २० प्रतिशत प्रगति भएको अवस्था छ ।

सो ठेक्का कालिका–भेदान्सी जोइन्ट भेन्चर रूपमा ठेक्का लिएको थियो । तर, सबै आयोजनाको काम सब–कन्ट्रयाक्टरका रुपमा जिम्मा लिएर एकै क्रसर व्यवसायीबाट सो कार्य अघि बढेको छ । सडक डिभिजन कार्यालय विराटनगरका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा दुवै वर्षभित्र सम्पन्न गर्ने गरी मोरङ, सुनसरीका आठ वटा सडकका आयोजना कालिकाले ठेक्का सम्झौता गरेको छ । कालिका–भेदान्सी जेभीले १२ करोड २८ लाख ७७ हजार लागतमा मोरङ सुन्दरहरैँचा कारवना, हरैँचा बजार, बयरवन बजार हुँदै कुशल चौक, हसन्दह–ब्रकाहा खोला सडक आगामी २०८१ साल असार मसान्तभित्र सक्नु पर्नेछ । तर, हालसम्म उक्त सडकको भौतिक प्रगति १० प्रतिशत मात्रै छ । त्यसैगरी कुल १३ करोड ९२ लाख ६४ हजारको लागतमा गछिया–लोचनी–शेषनारायण दिब्यधाम सडकको भौतिक प्रगति २० प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । ११ करोड ३२ लाखको लागतमा बेलबारी–फडानी–संगमडाँडा सडकको निर्माण पनि सुस्त छ । अहिलेसम्म त्यस सडकको १० प्रतिशत मात्रै भौतिक प्रगति छ । १३ करोड ९१ लाख ७३ हजार लागतको घाघीपुल–द्रौपती मार्गदेखि रंगेली, कानेपोखरी र आमतोला सप्तरी हुँदै रंगेली–झापा हुलाकी सडकको स्तरोन्नति पनि १५ प्रतिशत मात्रै छ । सुनवर्षी नगरपालिका कार्यालयदेखि पथरी–शनिश्चरे सडकको स्तरोन्नति पनि १० प्रतिशत मात्रै भएको छ । यो सडक स्तरोन्नतिका लागि १३ करोड ६६ लाख ७९ हजार लागतमा ठेक्का लागेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भनेर भन्दै आएकोमा लिङ्देन नेतृत्वकै मन्त्रीको यसखाले पाराले सम्बन्धित पार्टी र मन्त्रालयको झनै आलोचना बढेको छ ।

त्यस्तै, १३ करोड ९६ लाख १७ हजार लागतमा ठेक्का लागेको कटहरी–नयाँबजार हुँदै भौडाहा थलाहा–मोतिपुर–बेलबारी सडकको काम पनि १० प्रतिशत मात्रै भएको छ । १४ करोड ८३ लाख ४५ हजार लागतमा सुनसरी–इनरुवा–सखुवागाँछी–रामधुनी हुँदै झुक्का जोडने सडक १५ प्रतिशत मात्रै काम सकिएको छ । कालिकाले ठेक्का पाएका यी सबै चालु आर्थिक वर्षमा ठेक्का लागेर आगामी आर्थिक वर्ष २०८१ असारसम्ममा सम्पन्न गर्नुपर्ने बहुवर्षीय आयोजना हुन् । मोरङको रतुवा–केशल्या सडक स्तरोन्नति कालिका–मैनाचुली–बेदान्सी जेभीले ठेक्का लिएर काम गरिरहेका छन् । ८९ करोड ५६ लाख लागतको यो योजनाको काम पनि सन्तोषजनक नरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । शहरी विकास मन्त्री राजेन्द्र पाण्डेले भने आफूले विगतमा संलग्न हुदै आएका कामबाट राजीनमा दिएको बताए । पाण्डेले विगतमा आफूले सम्हालेका मन्त्रालयल र अहिलेको कामहरु नजिकबाट नियाल्न बताएका छन् ।

सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बभन्दा बढी बिगो, त्यति नै जरिवाना र २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि मुद्दा दायर गरेको थियो । विशेष अदालतले गत असार ५ मा आरोपितलाई सफाइ दियो । उक्त फैसलाप्रति असहमति जनाउँदै पुनरावलोकनका लागि अख्तियार सर्वोच्च अदालत जाने तयारीमा छ । वर्षौ लामो आयोजना अलपत्र पार्दै विकास निर्माण सम्बन्धित नीति, नियममा हस्तक्षेप गर्दै आएका पाण्डे शहरी विकास मन्त्री भएपछि यसको चारैतिरबाट आलोचना हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group